खुर्पा लिएर मार्छु भन्दै हिड्ने युवा पक्राउ

२०८० भाद्र ३०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साबित्री अधिकारी

धादिङ, ६ भदौ । गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ लक्ष्मीबजारका १९ बर्षिय छोटु भन्ने अनुप बस्नेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीवार राती करिव दश बजेको समयमा बस्नेतले हातमा खुर्पा लिएर सोही स्थानका ज्योतीराज पुडासैनीलाई गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गरेका थिए ।

पीडितले शुक्रवार जाहेरी दिएपछि बस्नेत बिरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयाे  घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय