बौद्धिक अपाङ्गता भएकी महिलालाई जबर्जस्ति करणी गर्ने स्याङ्जामा २ पक्राउ

२०८० भाद्र ३०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ३० भदौ । अपाङ्गता भएकी महिलालाई जबर्जस्ति करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका ८ बस्ने ३२ बर्षिया बौद्धिक (ख बर्गको) अपाङ्गता भएकी महिलालाई जबर्जस्ति करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावल सिंह लामाले जानकारी दिनुभयो । उहाँका अनुसार घटना भदौ २० गते घटेको र महिला बौद्धिक अपाङ्गता भएका कारण उक्त महिलाले घर परिवारलाई समेत जानकारी गराउन नसक्दा प्रहरीलाई ढिला जानकारी भएको बताउनुभयो । महिलाले भाईलाई २८ गते भनेपछि सोही दिनै दर्ता भएको निवेदनका आधारमा पिडकहरुलाई भदौ २९ गते नै प्रहरीले पक्राउ गरेको लामाले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ८ डाडास्वारा बस्ने २५ बर्षिया सुवास गुरुङ र सोही स्थानमा बस्ने २७ बर्षिया मदन गुरुङ रहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका दुबै जनालाइ प्रहरी हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार