शिक्षक-प्रहरीबीच धकेलाधकेल, बानेश्वर तनावग्रस्त (तस्बिरहरू)

२०८० आश्विन ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,४ असोज । शिक्षकहरूको जारी सडक आन्दोलनको क्रममा बानेश्वरमा तनाव भएको छ । माइतीघरबाट बानेश्वर मार्चपास आएका आन्दोलनकारी बानेश्वरको प्रहरी घेरा तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको छ ।

हजारौंको संख्यामा रहेका शिक्षकको हुलले प्रहरीको ब्यारिगेट तोड्न खोजेका छन् । सोक्रममा प्रहरीले बल प्रयोग गरेको छ । शिक्षकहरू बानेश्वरको एभरेष्ट होटलअगाडिबाट प्रहरी घेरा तोड्न खोजिरहेका छन् ।

प्रहरीले लगाएको ब्यारिकेडलाई उनीहरूले धकेलेर तोड्ने प्रयास गरेका हुन्। प्रहरीले पनि त्यसलाई रोक्न माइकिङ गर्ने गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय