आजै काठमाडौँबाट जाजरकोट र रुकुम पश्चिम जान चाहनेका लागि जडीबुटीबाट अरनिको बस निःशुल्क

२०८० कार्तिक १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १८ कात्तिक। भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जान चाहनेका लागि पूर्व अरनिको यातायात समितिले आजका लागि निःशुल्क बस सञ्चालन गर्ने घोषणा गरेको छ । काठमाडौँको कोटेश्वर–जडीबुटीमा रहेको अरनिको बसपार्कबाट आज दिउँसो ४ बजेसम्म पुग्ने रुकुम पश्चिम र जाजरकोट बासीका लागि निःशुल्क बस सेवा दिन लागिएको पूर्व अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुुभयो।

उहाँले भन्नुुभयो ,‘आज दिउँसो ४ बजेसम्म जडीबुटीमा रुकुम पश्चिम र जाजरकोटका जति जना आउनुहुन्छ यहाँहरूका लागि चाहे जति बस उपलब्ध गराउने व्यवस्था गरेका छौँ । उहाँहरू आज ४ बजेसम्म जडीबुटी आइपुग्नुपर्ने छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अनुरोधमा हामीले ४ वटा बस तयारी अवस्थामा राखेका छौँ । ती बसले पुगेन भने अरू बस पनि थप गर्नेछौँ ।

जाजरकोट र पश्चिम रुकुममा हिजो राती आएको भूकम्पमा परेर अहिलेसम्म १३६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय