पाल्पामा टिप्परले किचेर एककाे मृत्युु,तीन घाइते

२०८० कार्तिक २२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा ,२२ कार्तिक । बुधबार पाल्पाको निस्दि गाउपालिका ७ मोटेखर्म स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकखण्डमा पाल्पामा टिप्परले किचेर एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाल्पा पुर्वखोला गाउपालिका २ जल्पा बस्ने १९ बर्ष कि दिलकुमारि आले रहनुभएको जिल्ला प्रहरी कार्यालय  पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते हुनेमा पाल्पा निस्दि गाउपालिका ७ बस्ने २५ बर्षकि हिमालि आलेको टिप्परबाट हाम फाल्ने क्रममा दायाँ खुट्टामा समान्य चोट लागेको छ। घाइते टिप्पर चालक मकवानपुर मनोहरि गाउपालिका ९ बस्ने २६ बर्षका अन्जन सुनारको अबस्था सामान्य रहेको छ । घाइते सहचालक मकवानपुर हेटौडा ९ बस्ने २४ बर्षका आशिष सुनार अवस्था मध्यम रहेको  प्रहरीले जनाएकाे छ ।

बिहान करिब ८ ३० बजेको समयमा लु २ ख ५२९ नम्वरको टिप्परको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोकिदा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय