सहकारी ठगी आरोपमा मुछिएका गृहमन्त्रीबाट कसरी निष्पक्ष छानबिन हुन्छ : महान्त्री थापा

२०८० चैत्र ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका सांसद तथा महान्त्री गगनकुमार थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछाने आफैं कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छन् भनेर प्रश्न गर्नुभएको छ।

उहाँले प्रधानमन्त्रीको जवाफ माग्दै भन्नुभयो, सहकारी ठगीमा आफैं मुछिएका गृहमन्त्रीले कसरी फेयर ढंगले छानबिन हुन्छ भन्ने विश्वास गर्ने?

सांसद थापाले सुन काण्डमा सरकारले गरेको कामको प्रशंसा गर्दै यसैगरी सहकारी ठगीमा संलग्न जो कोहीलाई पनि निष्पक्ष छानविन गरेर कारबाही गर्न गर्न आग्रह गर्नुभयो ।

सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उहाँले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले प्रमाण नष्ट गर्न सक्ने डर आफूलाई भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय