चैत ३० देखि वैशाख ९ गतेसम्म गल्याङमा महोत्सव हुने

२०८० चैत्र २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नारायण भण्डारी

स्याङ्जा,२४ चैत । स्याङ्जाको गल्याङ्ग नगरपालिकामा गल्याङ्ग उद्योग वाणिज्य संघले ‘गल्याङ्ग महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पूर्वाधार’ नारालाई साकार पार्ने उद्देश्यले मिति २०८० साल चैत्र ३० गतेदेखि २०८१ बैशाख ९ गतेसम्म तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव २०८० सञ्चालन गर्ने भएको छ ।

उक्त महोत्सवमा धार्मिक, सांस्कृतिक, मौलिक तथा स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरुको प्रवद्र्धन गर्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, स्थानीय व्यापारलाई जोड दिनुका साथै स्थानीय कृषकहरुबाट उत्पादन भएका कृषिहरुको परिकार बनाउने र प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ ।

करिब १४० वटा स्टलको व्यवस्थापन गर्ने, स्थानीय कृषि व्यापारीलाई स्टल बुकिङमा समेत छुट प्रदान रहेको छ । उक्त महोत्सवमा अन्तर जिल्ला स्तरीय भलिवल प्रतियोगिता, गल्याङ डान्स आइडल प्रतियोगिता, खुला रत्यौली प्रतियोगिता तथा अन्य स्थानीय एवम् राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । कृषिलाई प्रोत्साहन गर्ने खालाका वस्तुहरुको विशेष स्टल रहनेछ साथै जडिबुटी तथा औषधी, सौर्य उर्जा तथा जलविद्युत, विद्युतीय सामग्रीहरु तथा अन्य आयातित वस्तुहरुका साथै दैनिक उपभोग्य सामग्रीहरु समेत मेलामा राखिने पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठ (ध्रुव) ले जानकारी दिनुभयो । स्याङ्जा जिल्लाका विभिन्न संघ संस्था र मिडियामा आवद्ध पत्रकारहरुका बीचमा सम्मेलन गरिएको थियो । गल्याङ उद्योग वाणिज्य संघको हलमा गरिएको कार्यक्रममा संघका संस्थापक लेखनाथ भट्टराई, पूर्व अध्यक्ष यज्ञ प्रसाद अर्याल, महेन्द्र श्रेष्ठले महोत्सवका बारेमा बोल्नु भएको थियो । १० दिन चल्ने महोत्सवमा करिब १ लाखले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको छ भने करिब १ करोडदेखि डेढ करोड सम्मको कारोबार हुने लक्ष्यका साथ प्रचार प्रसारमा लागिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय