नागरिकलाई उद्यमी बनाउँदै विरुवा गाउँपालिका

२०८० चैत्र २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २८ चैत्र । स्याङ्जा जिल्ला विरुवा गाउँपालिका वडा नम्बर एकको समाज कल्याण आमा समुह भवनमा सीपमूलक तालिम अन्तरगत चप्पल निर्माण कार्य हिजो मंगलबार सम्पन्न भएको छ। विरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो।

पालिका प्रमुख कुँवरले पालिकाले खर्चेर विविध सीपमूलक कार्यक्रम ल्याएको छ । यसको सदुपयोग गरेर सिकेको सिप कार्यान्वयन गर्न सके पालिकाले खर्चेको उपलब्धि हुने जानकारी गराउदै सीप सिकेर सदुपयोग गर्न आग्रह गर्नुभयो। यो भन्दा अघि पनि सीपमूलक तालिमको व्यवस्था गरिएको कार्यान्वयन राम्रो सङ्ग हुन नसकेको हुँदा समस्यामा परेको जानकारी गराउनुभयो। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप मुलक कार्यक्रम ल्याइएको हो । सीपको सदुपयोग गरेमा लघु उद्यमलाई प्राथमिकता मिल्ने जानकारी गर्नुभयो । गरिबी निवारणको एक माध्यम सीपको सदुपयोग हो भन्दै सिकेको सिप सदुपयोग गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा आवश्यक कच्चा पदार्थ पालिकाले व्यवस्था गरेको उक्त कार्यक्रममा तालिम लिन इच्छुक पालिका बाहिरको छिमेकी नागरिक पनि सहभागी भएको जानकारी वडा अध्यक्ष ले गराउनुभयो । दश दिने सीपमूलक तालिमको समय अवधि राखिएको भए पनि चैत्र १४ बाट सुरु भएको उक्त कार्यक्रम हिजो मंगलबार मात्र समापन भएको हो । समापन कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो। यस अघि पनि सिलाई बुनाइ चुरा पोते जस्ता निर्माण सम्बन्धी तालिम भइसकेको उक्त पालिकामा अहिले चप्पल निर्माण कार्यलाई प्राथमिकता दिइएको हो।

कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र केसीले जबसम्म आर्थिक अवस्था उकास्न सकिँदैन आत्मनिर्भर रहन समस्या पर्ने बताउँदै सीप सिकेर सिकेको सीप सदुपयोग गर्न आवश्यक रहन्छ भन्नुभयो। उहाले लघु उद्यम व्यवसायको बजार व्यवस्थापनको लागि कोसेली घर निर्माणको लागि दीर्घकालीन नभई केही समयको लागि आफूले जग्गा दिने पनि जानकारी गराउनु भयो। लघु उद्यम व्यवसाय लाई प्राथमिकता दिँदै गरेमा केही गर्छु भन्ने आँट र हिम्मत भएका जो कोही लाई पनि आत्म निर्भर रहनमा सहज हुने र वैदेशिक रोजगारीमा होमिन नपर्ने भन्दै आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने जानकारी गराउनुभयो । तर यसको लागि आफू सक्षम भएर केही गर्छु भन्ने अठोट र मानसिकता बनाउन जरुरी रहेको जानकारी केसीले गर्नुभयो। लघु उद्यमको विकास हुने आफ्नै स्वदेशी र स्थानिय उत्पादनलाई प्राथमिकता दिँदै अघि बढाउन सके विकास गर्न समय नलाग्ने भन्दै केही गर्छु भन्ने धारणा बनाउन र सिकेको सीप सदुपयोग गर्न गराउन सबै लागि पर्नुपर्ने बताउनुभयो।

स्थानिय पालिका हरुले समाजमा आवश्यकता हेरेर स्थानिय स्तरमा बजार व्यवस्थापन गर्ने किसिमको तालिमको व्यवस्था गरेर सिकेको सीप सदुपयोग गर्ने कार्य गर्दै गरेमा आत्मनिर्भर रहन सकिन्छ भन्ने सन्देश दिएको छ। जसले लघु उद्यम लाई प्राथमिकता दिने हुँदा आत्मनिर्भर रहन पनि सहज हुने र वैदेशिक रोजगारमा आकर्षक केही कम हुने पनि देखिई केही गर्नुपर्छ भन्ने धारणा आम नागरिकमा बसाल्न पनि परिवार सङ्ग रहेर कार्य गर्दा आत्म सन्तुष्टी रहन सक्ने विषयमा पनि राहत मिल्न सक्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय