मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

२०८० चैत्र २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२८ चैत । रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङबो घले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका छन्।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको हो। घले ०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ।

उनीलगायतका व्यक्तिले एक महिलालाई कुबेत लैजाने भन्दै भारतको नयाँदिल्ली हुँदै श्रीलंकाको कोलम्बो पुर्याएर बन्धक बनाएका थिए। ती महिलाले प्रहरी र संघ संस्थाको सहयोगमा उद्धार भएको थियो।

सो मुद्दामा घले त्यसवेलादेखि नै फरार रहेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय