करिना राना
स्याङ्जा, २८ चैत । कालीगण्डकी गाउपालीका वडा नं ५ मा स्थित् श्री कल्पवृक्ष कृषि सहकारी संस्था लिमीटेड को ९ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
वार्षिक सभा कालीगण्डकी छ मा स्थित सि. टि हलमा कालीगण्डकी गाउपालीकाका अध्यक्ष खिम थापा विभिन्न वडाका वडा अध्यक्षहरू र वैङ्कका शेयर धनीहरूको उपस्थितिमा सम्पन्न भएको थियो । एक नारायण न्यौपानेको उद्घोषणाबाट वार्षिक सभाको कार्यक्रमलाई वैङ्कका सिद्धान्तहरूको बारेमा जानकारी गराउदै कालीगण्डकी गा. पा. का अध्यक्ष खिम थापा र विभिन्न वडाका वडा अध्यक्षहरू द्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिहरूको लागि मनोरञ्जनका निमित्त नाच पनि प्रस्तुत गरिएको थियो । साथै यस वार्षिक सभामा प्रत्येक वर्ष झै ४ वटा विधामा सअसल ऋणिको मूल्याङ्कनमा मन्जु सुनार , अधिकतम वचत गरेकोमा हिमलाल नयैपाने , कर्जाबाट कृषि क्षेत्रमा सफल भएको मनिसरा पाण्डे, शैक्षिक क्षेत्रमा वीरेन्द्र मा. वी बाट एस. इ. ई. मा उच्चतम अङ्क प्राप्त गरि उत्तीर्ण भएकी सुप्रिया व्यास्याललाई सम्मानित गर्दै प्रमाण पत्र प्रदान गरियो । यस श्री कल्पवृक्ष कृषि सहकारी संस्थाले लगानीलाई वहुआयामिक क्षेत्र हेरि लगानीको पद्धति वृद्धि र कृषकहरूलाई तालिम विउविजन वितरण जस्ता कार्य कृषि ज्ञान केन्द्र संग समन्वय गरि गराउने लक्ष्य राखेको अध्यक्ष चेत नारायण न्यौपानेको प्रतिवेदनमा प्रस्तुत गरिएकको छ ।
लेखा सुपरिवेक्षण समितिले यस संस्थालाई प्रभावकारी, पारदर्शी र नाफामुलक रूपमा सन्चालन गर्न कार्य प्रकृति अनुसार बचत र ॠणमा सिमीत नभई कार्यमा विविधता ल्याउनुपर्ने, ऋण लगानीका साथै बचत निक्षेप एवं सदस्यता वृद्धि गर्नुपर्ने, सहकारी ऐन विनीयम द्वारा जारी मापदण्ड एवं निर्देशनहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने जस्ता सुझावहरू पेश गरेका छन