गल्याङ महोत्सवमा गल्याङकै अर्गनिक आलू बिक्री

२०८१ बैशाख ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी

स्याङ्जा,५ बैशाख । गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा चैत ३० गते बाट सुरु भएको महोत्सवमा अर्गानिक आलु बिक्रीमा राखिएको छ ।

गल्याङ बजारको तल्लो गल्याङ खेल मैदानमा सुरु भएको महोत्सवमा गल्याङ नगरपालिका ११ जिमुवामा उत्पादन भएकाे आलू बिक्रिमा राखिएको सीता देवि डुम्रेले हेर्ने कुरा डटकम लाई जानकारी दिनुभयो । श्री कृषि फलफुल तथा पशुपालन कृषक समूहले उत्पादन गरेको आलु बिक्रिमा राखिएको उहाँले जानकारी दिनुभयो ।

इन्डोभेटर जातको गँड्यौलाबाट बनेको मल प्रयोग गरी आलु उत्पादन गरेको उहाँको भनाइ छ । महोत्सवको स्टल नम्बर पाँचमा राखिएको उक्त आलु बिना बिषादीको रहेको पनि उहाँले जानकारी दिनुभयो । महोत्सव बैशाख ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार