स्याङ्जाकी गैह्रेले पैतिससय बाट सुरु गरेको भाउजुको अचार आज पैतिस शहरमा

२०८१ असार १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौँ,१ असार । कोभिडको बेला सबै घरमै बन्धक बनेर बस्नु प¥र्यो शारीरीक रुपले बन्घक भए पनि आम नेपाली मानसिक रुपले भने कृयासिल रहिरहे । काठमाण्डौको चन्द्रागिरीमा बस्दै आएकी स्याङ्जाकी सरिता गैह्रे पनि कोभिडको लकडाउनमा बन्धक भएपनि आफूलाई मानसिक रुपले कृयासिल बनाउन लागीरहनुभयाे । माईतिमा हुदाँ उहाँका बुवाले बनाउने अचारको तरिका नियालेर हेर्ने र बुवा संगै बिभिन्न सिजनल अचारहरु बनाउन सिक्ने गर्नुहुन्थ्याे । त्यसैलाई कोभिडको लकडाउनमा प्रयोगमा ल्याउदै घरमा बस्ने समयमा बिभिन्न प्रकारका अचारहरु बनाउदै राख्न थाल्नुभयाे । लकडाउनमा कार्यालय जाने अवस्था थिएन साथमा नगद पैसा पनि थिएन । साथमा केवल तीन हजार पाचँ सय मात्र थियो त्यहि पैसाले पहिलो पटक मेथी किनेर मेथिको अचार बनाउन थाल्नुभएकी उहाँकाे अचार आज पैतिस शहरमा पुगेकाे छ ।

लकडाउन अनि जागिर नभएको, आम्दानी रोकिएको बेला आएको सोच अनि परिवारका सदस्यले दिएको सल्लाहलाई मुर्तरुप दिन कृयासिल हुदै जानुभयाे सरिता । पारिवारिक भेटघाटका क्रममा देवर सुन्दर भट्टराईले दिएकाे सल्लाहले उहाँलाइ अचार ब्यापारी बनाएकाे उहाँकाे सुनाउनुभयाे ।

विभिन्न अचारहरु त तयार भए, अव के ब्रान्ड नाम दिने भन्ने सोचमा रहेकी सरिता झट्ट याद आयो देवरबाबुले भनेको कुरा “ भाउजुले त मिठो अचार बनाउनुहुदाे रहेछ” अनि नाम जु¥यो “भाउजुको अचार” । सुरुका दिनमा नगरपालिका अन्र्तगत ब्यवसाय दर्ता अचार बनाउने ब्यवसाय सुरु गरेकी सरिताले आज आफ्नो अचार देश भरका ३५ सहरका अचार पारखीलाई अचार खुवाउनुका साथै जापान, अस्टेलिया, यू.के, दुवई, भारत, फिनल्याण्ड, अमेरिकामा रहेका नेपालीहरुलाई उपलब्ध गराउनुभएकाे छ । उहाँको पहिलो ग्राहकको रुपमा हौसला बढाउन देउरानी प्रमिलाले सबै प्रकारका अचार खरिद गरिदिएको उहाँकाे सम्झना छ । उहाँ भन्नुहुन्छ “कहिल्यै नगरेको काम सुरुमा अफ्टरो लाग्यो तर जिन्दगीमा अप्ठ्यारो मान्यो भने कहिल्यै प्रगती गर्न सकिदैन । सुरुमै परिवारको साथ र हौसलाले मलाई थप अगाडी बढ्न प्रेरित गरेको छ ।” सुरुमा बिक्री हुन्छकी हुदैन भनेर थोरै मात्र उत्पादन ग¥यौ बिस्तारै माग बढी हुँदै आयो अनि उत्पादन पनि बढाउदै गएकाे उहाँकाे भनाइ छ ।

स्याङ्जाको कागती, तामा, लम्जुङ् र डडेल्धुराको टिमुर, पाचँथरको अकवरे खुर्सानी, दक्षिणकालीको लप्सी, पाल्पा र दाङको अमला, मेथीबाट तयार पारिएका भाउजुको अचार ब्राण्डका बिभिन्न प्रकारका अचारहरु बजारमा उपलब्ध रहेका छन् ।

बि.जि. एग्रो नामको लघु उद्योगको रुपमा स्थापित भाउजुको अचार ब्राण्डमा तामाको अचार, अकवरे खुर्सानीको पेस्ट अचार, लप्सीको अचार, अमलाको अचार, टिमुरको छोप, कागतीको अचार, मेथीको अचार, मुलाको अचार, आपँको मुरब्बा (गुलियो) अचार उपलब्ध रहेका छन् ।

अचार उत्पादन हुदैँ गएपछी ब्यापार प्रर्वधन गर्न श्रीमान उमेश भट्टराईले सहयोग गरे सगैं ब्यवासायमा सफलता मिल्दै गएकाे उहाँकाे भनाइ छ । सामाजिक संजाल टिकटक लगायत बाट अचारको प्रचार प्रसार र विज्ञापन गरेकाे बताउने सरिता टिकटक बन्द भएपछि साना साना उद्यमीहरु लोप भएको बताउनुहुन्छ । उत्पादन ग्राहकको हातमा पुगे पछी नयाँ नयाँ प्रतिकृयाहरु आउन थालेपछि थप हौसला पुगेको सरिताका श्रीमान उमेश भट्टराईकाे भनाइ छ । माग बढ्दै गएपछि अचारको परिकारहरु पनि थपिदै गएकाे उहाँकाे अनुभव छ । टिमुर छोप, मेथिको अचार र अकवरे खुर्सानीको पेस्ट अचार धेरै माग भएको उहाँले जनाकारी दिनुभयाे । “कहिलेकाही समयमा सामान नआउदा उपभोक्ताहरु महिना दिनसम्म पनि पर्खेको रेकड छ ” सरिताले भन्नुभयाे । उपभोक्ताले यसरी कुरेरै अचार लगेको देख्दा अझ उत्साह बढ्ने गरेकाे उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “विशेष गरी विदेशबाट टिपिकल नेपाली स्वादका अचारको माग हुन्छ ।”

भाउजुको अचारमा ननभेज अचार बन्दैन । धेरै ग्राहकले चिकेन अचार, मटन अचारको माग गरेपनि आफ्नो ब्रान्डलाई फरक तरिकाले लैजाने सोच बनाएकाले नन्भेज अचार नबन्ने उहाँकाे प्रतिक्रिया छ । मानिसहरु भेज र नन्भेज एकै ठाउँमा बनाउदा मानिसमा अचारमा सुद्धता माथी संका लाग्ने कारण भाउजुको अचारले साकाहारी अचार मात्र बनाउने गरेको संचालक सरिता बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ग्राहकले पुर्ण विस्वास गरेर हामी बाट अचार लगेका हुन्छन् । उनिहरुको विस्वसनियतामा आँच आउन त दिन भएन नी ।”

भाउजुको अचार सरिता आफ्नै हातले बनाउनुहुन्छ । प्याकेजिङ् गर्न मात्र अन्यको साथ लिनुहुन्छ । सबै काम म्यानुअल्ली हुन्छ । एउटै हातले बनाउदा स्वादमा एकरुपता र गुणस्तरमा समानता आउने सरिताको दावी छ । भाउजुको अचारको बजार सम्हाल्ने उमेशका अनुसार हालसम्म १० हजार भन्दा बढी डब्बा आचार बिक्री भईसकेको छ । एक पटक खाएपछी दोहो¥याएर अर्डर आउछ । उत्पादनको ६० प्रतिशत बजार त विदेश मै खपत हुने देश भित्र त उत्पादनको ४० प्रतिशत मात्र भएकाे बताउनुहुन्छ भट्टराई ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय