सहकारी प्रकरणको छानविन गर्न बनेको समितिले न्याय दिन सक्दैन : चित्र बहादुर केसी

२०८१ असार १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १० असार।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणको छानविन गर्न बनेको समितिले न्याय दिन नसक्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंको माइतिघर पुगेर सहकारी पिडितको आन्दोलनलाई समर्थन जनाउदै केसीले सहकारी छानविन समितिको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने र पिडितहरुले न्याय नपाउने बताउनुभएको हो ।

उहाले सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको भन्दै सांसदहरु रहेको छानविन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न नसक्ने जिकिर गर्नुभयो ।

केसीले राज्यशक्तिको आडमा नेपाली जनताको पसिनामा कसैले पौडी खेल्न नपाउने उल्लेख गर्नुभयो । सहकारीबाट बचत रकमफिर्ताका लािग निर्णायक आन्दोलन गर्न उहाले सुझाव दिनुभयो ।

सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पिडितहरुले माइतिघरमा निरन्तर प्रदर्शन गरिरहेका छन् । सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय