स्याङ्जामा शृङ्खलाबद्ध चोरी, चोरीका घटना लिएर मिडियामा आउने बढे (भिडियो सहित)

२०७८ माघ १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १ माघ । मंगलबार गल्याङ नगरपालिका ७ मा रहेको पेलाकोट साना किसान कृषि सहकारी सस्थामा भएको चोरीको नाकिबेली हेर्ने कुरा अनलाइन टेलिभिजनले प्रशारण गरेपछि चोरीबाट पीडित बनेकाहरु धमाधम हेर्ने कुराको सम्पर्कमा आउन थालेका छन् ।

स्टिङ अप्रेसनबाट चोरको नालिबेली सार्वजनिक भएपछि उक्त क्षेत्रमा चोरबाट आतंकित बनेकाहरुले आफ्नो गुनासो पोख्न मिडियासम्म आएको बताएका छन् । पछिल्लो समय प्रायः दिनहुँजसो चोरीका घटना हुने गरेपनी चोरको नालिबेली भने अहिलेसम्म सार्वजनिक हुन सकेको थिएन । चोरको नाकिबेली सार्वजनिक भए लगत्तै आफ्नो पनि लाखौको धनमाल चोरी भएको भन्दै हाम्रो सम्पर्कमा आउनु भएको छ कालीगण्डकी गाउँपालिका ७ मिर्मी निवासी सुर्य प्रसाद भट्टराई । सनिवार पौष २४ गते आफ्नो घर बाट लाखौको मालसामान चोरी भएको उहाँले बताउनु भएको छ । उहाँले चोरीको घटनाबारे प्रहरीलाई उजुरी समेत दिएको बताउनु भएको छ ।

घरको माथिल्लो तलामा सुतेको र सोही घरको तल्लो तलाको ढोकाको ताल्चा फोरेर सिख्री १ थान, तिलहरि २ तोलाको, आधा तोलाको औठी, एक तोलाको औँठी आधा तोलाको चन्द्रमा र नगद सत्तरी हजार चोरी भएको बताउनु भएको छ । सधै त्यहीँ कोठामा सुत्ने छोराको ल्याटप बिग्रेका कारण छोरा पनि माथीनै सुत्दा त्यस्तो घटना घटेको भट्टराईको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय