आरविवि सेक्युरिटिज कम्पनीको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार सुरु

२०८१ असार २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २८ असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आर.वि.वि.सेक्युरिटिज कम्पनी लिमिटेडको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार ९ब्रोकर० बुधबारबाट सञ्चालनमा आएको छ ।

धितोपत्र दलालको रूपमा ग्राहकहरूलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरू प्रदान गर्ने लक्ष्य राखेका आर.वि.वि. सेक्युरिटिज कम्पनी लिमिटेडको कुल चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।

सीमित कार्य गर्ने धितोपत्र दलालको रूपमा नेपाल धितोपत्र बोर्डबाट २०८० साउन ३२ गते स्वीकृति प्राप्त गरेको आर।वि।वि। सेक्युरिटिज कम्पनी लिमिटेडको वि।सं। २०८१ माघ ३ गते मा नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको थियो ।

त्यसैगरी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेबाट २०८१ माघ २३ मा राफसाफ सदस्यता समेत प्राप्त गरिसकेको छ । ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।

कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरूलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायवाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरू प्रदान गर्नेछ ।

वित्तीय क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको सञ्चालक समितिवाट निर्देशित आर।वि।वि। सेक्युरिटिज कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि अग्रणी कम्पनी बन्ने लक्ष्य राखेको छ । दरवारमार्ग, काठमाडौँमा रहको कार्यलयबाट कम्पनीले हाल आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय