सेटिङको अखडा, त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल

२०७८ माघ ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हात्ती समेत छिराउन सक्ने भन्दै विमानस्थलको सुरक्षालाई चुनौती दिदै विभिन्न अभिव्यक्ति बेला बेला बाहिर आउने गर्छन् । अभिव्यक्ति जतिबेला बहिरिन्छ त्यतिबेला सबै मिडियाको प्राथमिकतामा पर्छन् तर यस्ता अभिव्यक्ति के कारण आउनेगर्छन । ती कारणका पछाडी के छ अथवा समाधानको पाटो के भन्ने तिर कसैको चासो पुगेको देखिदैन अथवा त्यसको निराकरण तिर गम्भीर रुपमा कसैले लिएको देखिदैन ।

विमानस्थल सेटिङको अखडा बनेको समाचार आजको नेपाल समाचार पत्रको पहिलो पृष्ठमा छापिएको छ । खाडी मुलुक भिजिट भिसामा जानेहरू बिना सेटिङ जान नसक्ने गरेको रिपोट समाचारमा भूपराज बस्यालले लेख्नु भएको छ ।

अध्यागमनले तोकेको निश्चित मापदण्ड पूरा गरेपनी अन्तिम आएर कर्मचारीलाई प्रदान गरिएको स्वविवेकनै सेटिङको माध्यम हुने गरेको कुरा उक्त समाचार उल्लेख छ । समाचार उल्लेख भए अनुसार उक्त स्वविवेकका कारण केटिको हकमा पचास हजार र केटाको हकमा अठार हजार सेटिङको लागि विमानस्थलमा बुझाउनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय