अर्जुनचौपारी गाउपालिकाका विद्यालयमा नेविसंघ इकाई गठन

२०७८ माघ ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा ८ माघ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ अर्जुनचौपारी गाँउपालिका इकाईले नेपाल विद्यार्थी संघ विद्यालय इकाई गठन सकाएको छ । नेविसंघलाई थप मजबुद बनाउन नयाँ नेतृत्व गठन गर्ने अभियानमा लागेको नेविसंघ पालिका इकाईले पालिका भित्र रहेका मावि विद्यालयमा समिति गठन गरेको हो ।

नेविसंघ अर्जुनचौपारी पालिकाले सर्वोदय माविमा किशोर पौडेल, घण्टे माविमा रुद्रमा विक, पञ्चकन्या माविमा बिजय केसी, दरौ माविमा उमेश विक, जनविकास मावि रापाकोटमा अनिल काफ्लेको सभापतित्वमा समिति गठन भएको जनाएको छ । पालिका सभापति केशव चापागाईका अनुसार सर्वोदय माविमा ६० सदस्यीय, घण्टेमाविमा ३५ सदस्यीय, पञ्चकन्या माविमा ५० सदस्यीय र दरौ माविमा ४० सदस्यीय नेविसंघ इकाई गठन भएको छ । गाउपालिकाको अधिवेसन सम्पन्न गर्नका लागि पालिका भित्र रहेका सबै मावि विद्यालयमा नेविसंघ इकाई समिति गठन गरिएको सभापति चापागाईले जानकारी दिए । माघ महिनामा पालिका अधिवेसन गर्ने तयारीले गर्दा विद्यालयमा इकाई समिति गठन प्रक्रिया सकिएको चापागाइको भनाई छ । विद्यालयमा नेविसंघ इकाई गठन प्रक्रियामा नेविसंघ जिल्ला सदस्य अर्जुन सापकोटा, भरत पोख्रेल, चन्द्रकला काफ्ले, नविन तिवारी लगायतको उपस्थिती थियो ।

नेविसंघको अभिभावक पार्टी नेपाली काँग्रेसलाई पालिकामा थप मजबुद बनाउन गठन प्रक्रियाबाट चुनिएका सभापतिहरुले महत्वपूर्ण भुमिका खेल्ने नेविसंघका नेताहरुले जोड दिएका छन् ।  नेपाल विद्यार्थी संघले ११ पालिका मध्ये अर्जुनचौपारी गाँउपालिकामा नयाँ नेतृत्वका लागि अधिवेसन गर्ने तयारीमा जुट्ने पहिलो पालिका भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार