प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना

२०७८ माघ १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

देउखुरी, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन आज दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते हुनुभएको छ ।

उहाँ सवार शुद्धोदन गाउँपालिकाको बा२झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु१प २५८४ नंको ट्रकसँग ठक्कर खाएको थियो । उहाँको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो । सो गाडीमा सवार गाउँपालिका अध्यक्ष किशुचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली पनि घाइते हुनुभएको छ । घाइते दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय