शिक्षा क्षेत्रमा लगानी नवढाएसम्म गुणस्तर बढ्न सक्दैन : महामन्त्री थापा

२०८१ आश्विन २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २ असोज। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा लगानी नवढाएसम्म गुणस्तर बढ्न नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले शिक्षा क्षेत्रमा राज्यको लगानी न्यून रहेको भन्दै यसलाई दोव्वर नवनाएसम्म गुणस्तर सुधार हुन नसक्ने बताउनुभएको हो ।

उहाले शिक्षा क्षेत्रको सुधारका लागि राज्य लगाएत सांसद नेता सवै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । थापाले शिक्षा सम्बन्धी ऐन संसदीय समितिमा छलफलका क्रममा रहेको भन्दै यसलाई सदनको आगामी अधिवेशनबाट टुङ्गोमा पुराइने बताउनुभयो ।

शिक्षालाई सूचना प्रविधिसंग जोड्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएपनि यसबाट बालबालिकामा हुनसक्ने नकरात्मक असरका बारेमा भने सजक हुनुपर्ने उहाको भनाइ छ । कार्यक्रममा उत्कृष्ट विधार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय