भिरकोटमा विविध जाती र पार्टीको सक्रियतामा बहुउद्देश्यीय भवन शिलान्यास

२०८१ आश्विन ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पूजा खड्का
स्याङ्जा, ४ असाेज । स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकामा क्षेत्री समाजले विविध व्यक्तित्वहरुको सक्रियतामा बहुउद्देश्यीय भवन निर्माण  बयरघारी  पुलको मुखमा शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम भिरकोट प्रमूख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा भाद्र ३१ सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै भिरकोट प्रमुख गोविन्द कुमार कर्माचार्यले एकता नै तागत हो हिम्मत लिएर अघि बढ्न सक्यो भने सबै जनाले साथ दिएमा असम्भव केही छैन भन्दै क्षेत्री समाजले बहुउद्देश्यीय भवन निर्माण गर्न लागेकोमा खुशी लागेको व्यक्त गर्नुभयो। भिरकोटमा तमु भवन बनेको छ भने अहिले क्षेत्री समाजको सक्रियतामा भवन निर्माण हुनु गौरवको विषय रहेको जानकारी गराउनुभयो। उहाले नगरले सानो सहयोग गरेको छ अर्को वर्ष केही सहयोग गर्ने प्रतिबद्धता गराउँदै शुभकामना दिनुभएको थियो।

त्यसै गरी कार्यक्रममा गण्डकी प्रदेश क्षेत्री समाजका अध्यक्ष इन्द्र मान खत्रीले क्षेत्री समाजले निर्माण गर्न लागेको बहुउद्देश्यीय भवन भिरकोटको गहना हुनेछ। क्षेत्रफलको हिसावले मा राम्रो रहेको यो भवन प्रविधि मैत्री, तालिम केन्द्र तथा समन्वय केन्द्रको विकास हुने गरी बनाउनुपर्नेछ भन्दै तन् मन र धनले सहयोग गर्ने सम्पूर्ण प्रति विशेष ध्यान भन्दै व्यक्तिगत रुपमा पनि र संस्थागत रुपमा गण्डकी प्रदेश को सहयोग रहनेछ भन्ने जानकारी गराउनुभयो।

त्यसैगरि क्षेत्री समाजका केन्द्रीय महासचिव कृष्ण बहादुर थापाले भिरकोटले बहुउद्देश्यीय भवन निर्माण गर्दै गर्दा यो नगरको लागि मात्र नभई देश तथा विदेशमा रहने सम्पूर्ण क्षेत्रीको लागि गौरवको विषय रहेको जानकारी गराउँदै क्षेत्रीको आफ्नै जग्गा भएको हुँदा संग्रालयको हिसाबमा अघि बढाउदा नगर प्रदेशले मात्र नभै संघले पनि भवन निर्माण मा सहयोग गर्छ भन्दै आफूले पनि पहल गर्ने साथमा रहने जानकारी गराउनुभयो। त्यसैगरि बिन्दु कुमार थापा कार्यक्रममा आउने तयारी भएको समयको व्यस्तताको कारण सहभागी हुन नसके पनि शुभकामना संदेश पठाउनुभएको जानकारी गराउनुभएको थियो।

क्षेत्री समाज भिरकोटका पूर्व अध्यक्ष क्षेत्र बहादुर थापाले थोपा थोपा मिलेर समुन्द्र बन्छ । त्यसैगरि सक्दो दान सबैले गरेर भवन निर्माणको कार्ययोजना सफल गर्न सकिन्छ भन्दै सक्दो दान गरेर योजना सफल पार्न सबैलाई आग्रह गर्नुभयो। भिरकोट क्षेत्री समाजको साथ सहयोगले काम गर्न प्रेरणा मिलेको छ। भक्ति थापा, अमर सिंह थापा, भीमसेन थापा जस्ता बहादुर हरुले बचाएको र वीर क्षेत्रीका सन्ततिले शासन गर्दै आएको देशमा क्षेत्री हुनुमा गर्व छ भन्दै देशलाई जोगाइराख्न गरेको पहल योगदानले क्षेत्रीको गौरवको इतिहास रहेको जानकारी गराउनुभयो। राष्ट्रका लागि समाजका लागि र सबैका लागि काम गर्ने भएको हुँदा काजी भएको जानकारी गराउँदै देश जोगाउन क्षेत्रीको ठूलो योगदान रहेको जानकारी गराउनुभयो।

कार्यक्रममा भिरकोटका विविध पार्टीमा आबद्ध प्रतिनिधिहरुले क्षेत्री समाजको भवन निर्माणको लागि आफू र पार्टीको सहयोग रहने जानकारी गराउँदै क्षेत्री समाजको भवन निर्माण कार्य सफल रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस भिरकोट सभापति याम प्रसाद अधिकारी ९लक्ष्मण०, ने क पा एमाले भिरकोट अध्यक्ष हर्क बहादुर गुरुङ्ग, रा स्व पाका भिरकोट अध्यक्ष राजन सुनार लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा विविध वडा बाट वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले विविधतामा एकता रहेको भिरकोट नगरमा क्षेत्री समाजले भवन निर्माण कार्यको शिलान्यास गरेकोमा शुभकामना व्यक्त गर्दै उद्देश्य अनुरूप अघि बढ्न सकोस् सबै मिलेर अघि बढेमा असम्भव केही हुँदैन भन्दै सबैको साथ भए अघि बढ्न सकिन्छ भन्दै गर्विलो इतिहास बोकेको क्षेत्री जातिको अलग इतिहास रहेको जानकारी गराउँदै साथ र समर्थन रहने जानकारी गराउनु भएको थियो।

विविध क्षेत्रबाट आउनुभएका वक्ताहरुले बोल्ने क्रममा भिरकोट क्षेत्री समाजले योजनामा ल्याएको बहुउद्देश्यीय भबनले धर्म संस्कृति रीतिरिवाज सुदृढीकरण गर्नमा सहयोग गर्ने बताउँदै एकता कायम गर्दै कार्य गर्न सफल भएकोमा आफूहरुलाई खुशी लागेको व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा भिरकोट क्षेत्री समाजका नगर सभापति मिन बहादुर केसीको अध्यक्षतामा किरण केसीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य रेशम बहादुर खत्रीले राख्नु भएको थियो भने धन्यवाद ज्ञापन महिला उपाध्यक्ष मिठु अधिकारीले राख्नुभएको थियो। कार्यक्रममा क्षेत्री समाज स्याङ्जाका अध्यक्ष सीता गोदार, केन्दीय सदस्य भक्त बहादुर केसी र इन्दिरा केसी जनप्रतिनिधि अन्तर्गत भिरकोट प्रवक्ता तथा वडा अध्यक्ष दिपेन्द्र केसी, राम काजी खत्री, नन्द लाल खनाल, रत्न प्रकाश श्रेष्ठ , भिरकोट कार्यपालिका सदस्य पार्वती बस्नेत भिरकोट भित्रका विविध आमा समुह संघ संस्था क्लबका अध्यक्ष तथा प्रतिनिधि,भिरकोट लायन्सका अध्यक्ष ढाकाराम खनाल, विभिन्न वडा का क्षेत्री समाज अध्यक्ष तथा प्रतिनिधि , विभिन्न बौद्धिक बुद्धिजीवी व्यक्तित्वहरू, संस्थामा आबद्ध व्यक्तित्वहरू, विभिन्न पार्टीमा आबद्ध प्रतिनिधि तथा शुभचिन्तक, वालिङ्ग, पुतलीबजार, अर्जुन चौपारी र फेदीखोला का क्षेत्री समाज का अध्यक्ष तथा प्रतिनिधि लगायत क्षेत्री आमा बुवा दाजुभाइ दिदिबहिनी भाउजु बुहारीको बाक्लो सहभागिता रहेको थियो।

भिरकोट क्षेत्री समाजले भिरकोट एकको पुलको मुखमा जग्गा किनेको र आफ्नै जग्गामा तीन तले भवन निर्माण कार्य योजना अघि बढाएर शिलान्यास कार्यक्रम गरेको जानकारी भिरकोट क्षेत्री समाजका सचिव किरण केसीले जानकारी गराउनुभयो। जसमा भिरकोट नगरपालिकाले दश लाख सहयोग गरेको बताउँदै शिलान्यासको क्रममा करिब बाह्र लाख रुपैयाँ संकलन भएको जानकारी पनि संस्थाका सचिव केसीले जानकारी गराउनुभयो। भिरकोट क्षेत्री समाजका पूर्व अध्यक्ष क्षेत्र बहादुर थापा अध्यक्ष हुँदा दान संकलन गरी देउसी भैलो खेलेर पनि आर्थिक संकलन गरी ८ रोपनी ७ आना जग्गा किन सफल रहेको जानकारी पनि उहाले गराउनुभयो।

भिरकोट नगर सभापतिले कार्यक्रममा निमन्त्रणा स्वीकार गरी सहभागी प्रति आभार व्यक्त गर्दै बहुउद्देश्यीय भवन निर्माणको लागि सबैको साथ र सहयोग आवश्यक रहेको जनाउँदै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय