ललितपुरमा ताओ सेमिनार कार्यक्रम

२०८१ आश्विन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्णप्रसाद ढकाल
ललितपुर,१२ असाेज । सातदोबाटो चोकमा रहेको ललितपुर पार्टीप्यालेसमा नेपाली, मलेशियन, सिङ्गापुरे ताओ सदस्यहरुको सामुहिक बृहद् जमघटका बीच एकदिने ताओ सेमिनार कार्यक्रम सम्पन्न भएको छ ।

सिङ्गापुरबाट सात बर्षपछि आउनु भएका प्रमुख धार्मिक ब्यक्तित्व फाङ्ग छेन रनगुरु सहित अन्तराष्ट्रियस्तरका ताओगुरुहरु सेमिनार सम्बद्ध ताओसदस्यहरु र राष्ट्रियस्तरका ताओसदस्य व्यक्तित्वहरुलाई बधाई, शुभकामना मन्तव्य, खादा लगायतका सुन्दर रुद्राक्षमालाहरु अर्पण गरी सम्मान गरिएको थियो ।

प्रमुख धार्मिक ब्यक्तित्व फाङ्ग छेन रनगुरुले भगवानबुद्धका बारेमा बिचार राख्नुभएको थियो । राजदरबारको सुखसयलमा जन्मनु हुर्कनु भएका भगवान बुद्धले दरबार बाहिर डुल्न निस्कदा बालक, बृद्ध, रोगी, मृतब्यक्तीहरुलाई देख्नुभयो, जसले वाँहाको मनमा कौतुहल जगायो । यसबारेमा बैद्य, गुरु लगायत जानकार ब्यक्तित्वहरुसँग परामर्श गर्नुभयो । चित्तबुझ्दो जवाफ पाउनसक्नु भएन । समयक्रमले यिनै बिषयवस्तुबाट वाँहालाई बुद्धत्व प्राप्त हुने बाटो खुल्यो, वाँहालाई हामी भगवानको रुपमा हेर्छौं, आफ्नो जीवनकालमा वाँहाले शान्तिका सन्देशहरु विश्वभर छर्नुभयो, अब त्यो जिम्मेवारी हाम्रो काँधमा आएको छ । समयअनुसार पछि हाम्रा सन्ततिहरुले पनि गर्दैलानेछन्, यो अटुट प्रक्रिया रहेको बताउनु भएको छ ।

त्यसरि नै मलेसियन ताओगुरु, नेपाली ताओगुरु र ताओसदस्यहरु लगायतको १०० भन्दा बढीको बिशाल उपस्थित रहेको थियो । प्राकृतिक विपद्को अवस्था रहेपनि निर्धारित कार्यक्रम भएकाले उल्लेखनीय बृहद् उपस्थितिलाई प्रमुख धार्मिक व्यक्तित्वबाट अध्यात्मिक विवेचनाका साथ सम्पूर्णमा धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय