बाढीपहिरो पीडितका लागि कांग्रेसले गर्‍यो ५० लाख रुपैयाँ सहयोग

२०८१ आश्विन २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २० असोज । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। नेपाली सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि पार्टीका सांसदहरूको आधा महिनाको पारिश्रमिकसमेत गरी ५० लाख रुपैयाँको चेक दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गर्नुभएकाे हाे ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार