‘पूर्ण बहादुरको सारङ्गी’ कथा स्याङ्जाका बस्यालको उपन्यास सङ्ग मेल खाएको दावि

२०८१ कार्तिक २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,२५ कात्तिक । पछिल्लो समय निकै चर्चामा आएको सबैलाई रुवाउने ‘पूर्ण बहादुरको सारङ्गी फिल्मकाे कथा स्याङ्जाका डा शिब शंकर बस्यालको उपन्याससगं मिलेको दावि गर्नुभएको छ ।

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका बडा न ५ स्यालबास घर भएका बस्यालको उपन्यास सङ्ग्रामपुर सग हुबहु ‘पूर्ण बहादुरको सारङ्गी फिल्मकाे कथा  मिलेको सामाजिक सन्जाल मार्फत दावि गर्नुभएको हो ।

फिल्मले राम्रो व्यवसाय गरिरहँदा फिल्मको कथा र विषय बस्तुलाई कपी गरिएको आरोप लागेको छ ।  बस्यालले फिल्म हेरिसकेपछि शनिवार साँझ सामाजिक सन्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार  समेत प्रस्तुत गर्नुभएकाे छ । उहाँले उल्लेख गरेका बुँदा हेर्दा उपन्याससँग फिल्मको मूल कथा मिलेको देखिन्छ ।

फिल्मका दुई मुख्य पात्र पूर्णबहादुर र कमलजस्तै ‘सङ्ग्रामपुर’ मा रूपमान र समीर, ‘सङ्ग्रामपुर’ मा स्त्री बिछोडको प्रसङ्ग फिल्ममा पनि हुनु, उपन्यासको समीरजस्तै कमल पनि टप विद्यार्थी हुनु, समीरले जस्तै कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु, रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु जस्ता फिल्मको कथाका मूल प्रसङ्गहरू उपन्याससँग मिलेको लेखक बस्यालको दाबी रहेको छ । उहाँले माथिका बाहेक उपन्यासका अन्य प्रसङ्ग र प्रभाव समेत फिल्ममा देख्न सकिने बताउनुभएकाे छ ।

लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा आक्रामक व्यवसाय गरिरहेको छ । शो पाउने मामलामा ऐतिहासिक कीर्तिमान रच्न सफल फिल्मको बिहान ५ बजेदेखि साँझ ११ बजेसम्मका सबै शो को टिकटको हाहाकार छ ।

फिल्मको कथा र कलाकारको अभिनयले दर्शकलाई रुवाइरहेको छ । फिल्म सरोज पौडेलले निर्देशन गर्नुभएकाे हाे । फिल्मको कथा समेत उनकै हो । निर्देशक पौडेलले फिल्मको कथा आफ्नो बुबा निधन भएपछि महसुस भएको विषय बताउँनुभएकाे छ ।

‘पूर्णबहादुरको सारङ्गी’ ले छोराका लागि बाबुले देखेको सपनाको कथा भन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय