हिन्दूहरूको मोक्षको पर्व बालाचतुर्दशी

२०८१ मंसिर १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मार्गशीर्ष कृष्ण पक्षमा पर्ने बाला चतुर्दशीका नामले परिचित हिन्दूहरूको विशेष पर्व यसपाली मंसिर १५ गते परेको छ। विशेष गरेर पितृको मोक्ष प्राप्तिको लागि पवित्र तीर्थस्थलमा स्नान गरी शिबालयमा गएर कृष्ण पक्ष त्रयोदशीका दिन मृतकका आफन्तले दीप दान गरी रातमा जाग्राम बसेर चतुर्दशीको दिन शतबीज छर्ने प्रचलन प्राचीन समय देखि अहिलेसम्म चलिरहेको छ। दीप दान र अनुष्ठान गर्दा पितृको मोक्ष प्राप्ति हुने र आफूलाई परम शान्ति मिल्ने जनविश्वास रही आएको छ।

पशुपतिको आर्यघाटमा बालानन्द नाम गरेका मानिस दिउँसोको खाना खान लाग्दा पोलिदै गरेको शबको टाउको फुट्न गई टाउकोको गिदी उछिट्टिएर बालनन्दको खाजामा परेको र गिदी सँगै खाजा खादा मीठो लागेर सदा गिदी खाने गरेको भनाइ रहेको छ। बालानन्द लामा लामा दाह्री जुङ्गा कपाल पालेको मानिस हरुले देख्दा मानिस नै डराउने भएको हुँदा बालासुर राक्षस भन्न थालिएको र पछि गएर एक जना थकाली बुढाले बालाको मित वृष सिंह मार्फत उसलाई मार्न पठाएको भन्ने भनाई रहेको छ। उसको व्यवहार र हर्कत देखि मार्नको लागि खानेकुराको उपहार लगेर खुवाएर वृष सिंहका भरियाले डोरीले बाँधेर गहिरो इनारमा खसालेर ढुङ्गा मुढाले हिर्काएको मारेको र मित्रको हत्या आफैमा ठूलो अपराध सम्झी टाउको लगेर शिबालयमा जादा मित्र हत्याको अपराध आफूलाई नलागोस् भनेर मित्र हत्या गरेकोमा पश्चाताप लागेको कुरा उल्लेख गरिएको छ। हत्या गरेकोमा वृष सिंहलाई पश्चाताप रहेको र सपनामा आशुतोष भगवान शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनु भएकोले मार्ग शीर्ष चतुर्दशीमा श्लेसमान्तक वनमा वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यस बेला देखि बालाचतुर्दशीमा दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्ने प्रचलन रहेको किंबदन्ती छ।

मित्र हत्याको अपराध नलागोस् भनी पशुपतिमा चाँदीको मुकुट लगाउनाले र श्लेशमान्तक क्षेत्रमा भ्रमण गर्नाले दिवंगत पितृको उद्धार हुन्छ भनी शतबीज छर्ने प्रचलन रहेको विविध समाचार तथा पत्रपत्रिकामा पाइन्छ।

शत बीज सय बीउ भन्ने पनि गरिन्छ त्यसै गरी शप्त बीज पनि भन्ने गरिन्छ कुन विषय लाई इंगित गर्ने भन्ने नभए पनि बीउ छर्ने प्रचलन नै हो। सात थरी बीउ छर्ने भन्ने प्रचलन कहीं छ भने कहीँ सय बीउ छर्ने भन्ने पनि गरिन्छ । सात थरी बीउ मिसाएर सय बीउ छर्ने हो या सात थरी जति बीउ छरे पनि हुनेहो त्यो आफ्नो ठाउँमा छ। यस विषय मा चर्चा गरेको खासै पाइँदैन । विविध ठाउँमा जहां जे उपलब्ध छ त्यही अनुसार बीउ मिसाएर छर्ने गरेको पाइन्छ । कहीं धान, गहु, जौँ, बयर, अमला, सर्सौ र मकै मिसाएर बालाचतुर्दशीमा छर्ने गरिन्छ भने कहीँ जौ, तिल, चना, मकै, धान, गहुँ र कागुनो को बीउ मिसाएर छर्ने प्रचलन रहेको छ।

विविध किसिमका बीउहरुको समिश्रण गरी बालाचतुर्दशी तिथि मा आफ्नो परिवार को मृत्यु भएको वर्ष उल्टो गरी र बाकी आउँदो वर्ष हरुमा सुल्टो गरी शतबीज छर्ने प्रचलन रहेको पाइन्छ। जुन बीज हरु मा जौ ले शितलता, तिल ले सहजता, गहुँ ले पौष्टिकता,धान ले लक्ष्मी र चना बौद्धिकता र पौष्टिकता को प्रतीक मानिन्छ।

प्रकृतिले जुन सिजनमा जे उपलब्ध गराएको हुन्छ त्यही सिजन मा त्यही सेवन गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । जसले गर्दा शरीर स्वस्थ रहन्छ भनिन्छ। हामी बेमौसमी को प्रयोग गर्छौं यो राम्रो विषय पनि होइन । प्रकृति मा समय अनुसार जे उपलब्ध रहन्छ त्यही अनुसार सेवन गर्नु मानव लागि राम्रो हो । अप्राकृतिक खानाले स्वास्थ्यमा समस्या ल्याउँछ र रोग निवारणको औषधि पनि प्रकृति बाट नै प्राप्त हुन्छ । जसरी चराहरूले मौसमी उत्पादन अनुसार को खानेकुरा सेवन गरेर स्वस्थ छन् । त्यसै गरी मानव ले पनि मौसमी खाना मा केन्द्रित गरेर अघि बढेमा अवस्था रहन सकिन्छ।

सप्त आवरणको संयुक्त रूप नै पूर्ण मानिस हो । मानिसको अवज्ञान पछि अन्न पृथ्बीमा विलीन हुन्छ । पृथ्बी जलमा, जल वायुमा , वायु तेजमा, तेज आकाशमा, आकाश महाआकाशमा र महा आकाश परब्रह्ममा विलियम हुन्छ। महा आकाश भन्नाले ब्रमाण्डमा देखिने आकाश भन्ने बुझिन्छ । परब्रह्ममा विलीन भए पछि मृतकको आत्माले मोक्ष प्राप्ति गर्दछ भन्ने धार्मिक मान्यता र जनविश्वास आएको छ।

जे होस देश भरका विभिन्न तीर्थस्थलमा आफ्ना पितृको मोक्ष प्राप्तिको लागि आफन्त परिवार जन त्रयोदशीको दिन पवित्र स्थानमा गएर स्नान गरी शिबालयमा गएर बत्ती बाली रातिमा जाग्राम बसेर भजन कृतनमा रमाउँदै चतुर्दशीको दिन शत बीज छरेर पितृको सद्वती प्राप्त हुने भनाइ रहेको छ। त्यसै गरी श्लेसमान्तक क्षेत्रमा भ्रमण गरी शत बीज छर्दा दिवंगत पितृको उद्धार हुने र शत बीजको एक दानाले एक रती सुन बराबरको पुण्य हुने हुनाले शतबीज ले पितृको सद्धद्धिका लागि अनगन्ती पुण्य हुने कामना स्वरुप शतबीज छर्ने प्रचलन रहेको धर्मशास्त्रमा उल्लेख छ।

पूजा खड्का

भिरकोट नगरपालिका,३ स्याङ्जा

(लेखक हेर्ने कुरा डटकम स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय