लैङ्गिक हिंसा खुल्ला वक्तृत्वकलामा दिपीका अर्याल प्रथम

२०८१ मंसिर २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२० मंसिर ।  लैङ्गिक हिंसा निवारणमा नागरिकको भुमिका¨ शिर्षकमा भएको खुल्ला वक्तृत्वकलामा दिपीका अर्याल प्रथम हुनु भएको छ ।

१२ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै अर्यालले प्रथम स्थान बन्नु भएको हो । यस्तै द्धितीय सुलता थापा मगर र प्रविन विकले तृतीय स्थान हात पार्नु भएको हो भने नन्दकली तिवारीले सान्तवना स्थान प्राप्त गर्नु भएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले अर्जुनचौपारीमा पनि विभीन्न प्रकारका हिंसा हुने गरेको बताउदै विस्तारै निस्तेज गरेको र बांकी भित्र लुकेर रहेका हिंसा निस्तेज गर्ने बताउनुभयो ।

यस अभियानमा आमा समुह तथा स्वास्थ्य स्वयं सेविका सबैको साथ चाहिने तिवारीकोा भनाई थियो । कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, पालिका प्रवक्ता धन बहादुर गुरुङ, कार्यपालिका सदस्य ज्योती केशी ढकाल लगायत ले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिस्पर्धीका साथै आमा समुहका प्रतिनिधि , महिला स्वयंसेवीका , विद्यागर्थीको सहभागिता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय