त्रिभुवन विश्वविद्यालयको जग्गा विवाद समाधान गर्न थप अध्ययन र छानविन गर्न सकिन्छ : शिक्षामन्त्री भट्टराई

२०८१ पुष ३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ पुस । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको जग्गा विवाद समाधान गर्न गठित छानविन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने बताउनुभएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा मन्त्री भट्टराईले  प्रतिवेदनलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीले समेत निर्देशन दिइसक्नुभएको भन्दै मन्त्रालय कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने बताउनुभएको हो ।

उहाले प्रतिवेदनका आधारमा आवश्यक परे जग्गा विवाद समाधान गर्न थप अध्ययन र छानविन गर्न सकिने स्पष्ट पार्नुभयो । शिक्षक दरबन्दी पुनरावलोकनका लागि कार्यदल बनाएर काम सुरु गरिसकेको उहाले जानकारी दिनुभयो ।

शिक्षा मन्त्री भट्टराईले इसिडी पढाउने शिक्षकहरूको समेत उचित व्यवस्थापन गर्न लागिएको उल्लेख गर्नुभयो । उहाले शिक्षकहरुको तलवको समस्याका बारेमा आफु मन्त्रालयमा आएपछि जानकारी लिएको र हाल मासिक तलव निकासा गर्न थालिएको बताउनुभयो ।

उहाले शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालयले ध्यान केन्द्रीत गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार