यी १७ उम्मेदवार मध्य कस्ले हाँक्ला आयल निगम ?

२०७८ माघ १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,माघ १७, । नेपाल आयल निगमको कार्यकारी प्रमुख बन्न १७ जना इच्छुक देखिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २५ गते आवेदन माग गरेकामा सेज पूर्व कार्यकारी निर्देशक चण्डिका भट्टसहित १७ जनाले इच्छा देखाएका हुन् । निगम कार्यकारी निर्देशकका लागि आवेदन दिने हिजो आइतबार अन्तिम म्याद थियो ।

भट्टसहित हरिवंश आचार्य, जीवन प्रकाश सिटौला, विष्णु बाबु मिश्र, हरिभक्त शाही, प्रा।डा। लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव याद, उमेशप्रसाद थानी, पंकज कुमार दास, आनन्दप्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र सञ्जय कुमारले आवेदन दिएको मन्त्रालयले जनाएकाे छ ।

निवर्तमान कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकाल पुस २३ गते सकिएसँगै निगम प्रमुख पद रिक्त छ । त्यसयता नायव कार्यकारी निर्देशक सुशील भट्टराई निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार