सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका

२०८१ पुष २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २५ पुस । सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ । गत मङ्सिर ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो निर्देशिका ल्याएको हो ।

सो निर्देशिकाको किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धन गर्ने तथा महिनावारी स्वास्थ्य व्यवस्थापन गर्ने, स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने र आधारभूत स्वास्थ्य तथा पोषण सेवाको पहुँच पुर्‍याउने उद्देश्य रहेको छ ।

एक हजार बढी विद्यार्थी सङ्ख्या रहेको विद्यालयले एक जना नर्स राख्नुपर्ने र सोभन्दा बढी विद्यार्थी सङ्ख्या भएमा थप एक जना नर्स राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय