रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेश

२०८१ पुष २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२५ पुस । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणका जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ। गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की जिल्ला अदालतले बिहीबार आदेश दिएको हो।

यसैगरी गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं सेयरधनी पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले भनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय