रवि काठमाडौंमा आफैं उपस्थित हुने , आज छाड्ने तयारी

२०८१ पुष २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२५ पुस। कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा छाड्ने आदेश दिएका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आज छाड्ने भएको छ ।

कास्की प्रहरी स्रोतका अनुसार उनलाई स्वास्थ्य परीक्षण गराएर छाड्न लागिएको हो ।

काठमाडौं लगायतका क्षेत्रमा अन्य मुद्दा भएता पनि कास्की अदालतको आदेशलाई सम्मान गर्दै भोलि उहाँ स्वयं काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाड्न लागेका छौं ।’

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय