कानुनमन्त्री र मुख्य सचिव लिएर राष्ट्रपति निवास पुगे प्रधानमन्त्री ओली

२०८१ पुष २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २६ पुस । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यद्यपि भेटका विस्तृतका के कुरा भयो भन्नेबारे भने प्रधानमन्त्री ओलीको सचिवालयले केही खुलाएको छैन ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारीहरूलाई समेत लगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय