पाल्पा , २७ पुस । पाल्पाकाे तानसेन नगरपालिका ११ सामाकोटमा फोर्स गाडीले पैदल यात्री लाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । शनिबार अन्दाजी ५: ४५ बजे बुटवलबाट गुल्मि तर्फ जादै गरेको लु २ ख ५६१८ नम्बरको फार्स गाडीले ठक्कर दिदा ४६ बर्षकि सीता गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षण सन्दिप बेल्वासेले जानकारी दिनुभयो ।
गाडि चालकलाई नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।