सङ्क्रमणमुक्त हुने दोब्बर

२०७८ माघ १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १९ माघ । देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।सङ्गीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा सङ्क्रमित तीन हजार ६३७ सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो ।

यस्तै सङ्क्रमणमुक्त हुने सङ्ख्या सात हजार ५५५ पुगेको उहाँले बताउनुभयो । हालसम्म आठ लाख ७८ हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजार २९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार