युएई,३ माघ । युएईमा रहेका नेपालीहरुद्वारा स्थापित “जी .सी .डी रोयल गोर्खा “एफसीको आयोजनामा आउँदो फेब्रुअरी 22 तारीखका दिन “1st, GCD Cup 2025 “प्रतियोगिता हुने भएको छ ।
दुबईको Delsco ground हुने प्रतियोगिताको फेब्रुअरी 10 तारीखसम्म टिमदर्ता समेत खुला गरिएको छ । साथै टिमदर्ता शुल्क 1199 AED तोकिएको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले युएईको इतिहासको सबै भन्दा ठुलो धन रासी उपाधिसहित नगद 8001 AED हात पार्नेछ भने उपविजेताले 4001 AED ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको GCD Group of Company का प्रबन्ध निर्देशक रमेश श्रेष्ठ,-Royal Gurkha FC का अध्यक्ष नवराज रानाभाट, सल्लाहकार राजु तिमिल्सिनले बताउनुभयाे ।