धनराजले सुरु गरे डिजिटल सुनुवाइ प्रणाली ‘हेल्लो धनराज’

२०८१ माघ १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१८ माघ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि डिजिटल सुनुवाइ प्रणाली ‘हेल्लो धनराज’ सुरु गर्नुभएकाे छ। जनतासँगको प्रत्यक्ष सम्पर्क र समन्वयलाई प्रविधिमैत्री बनाउन बिहीबारदेखि गुगलमा यो सुनुवाइ प्रणाली सुरु गरेको गुरुङले बताउनुभएकाे छ।

‘मैले जनतासँग प्रत्यक्ष सम्पर्क र समन्वयलाई प्रविधि मैत्री बनाउनका लागि हेल्लो धनराज नामक गुनासो तथा सुझाव फारमको सुरु गरेको हुँ,’ गुरुङले भन्नुभएकाे छ, ‘मेरो निर्वाचन क्षेत्र र अन्य स्थानका जनतासँग म जनप्रतिनिधि भएकोले जनताप्रति जबाफदेही हुनुपर्छ भनेर यो थालनी गरेको छु।’

उहाँले प्रत्येक तीन महिनामा कार्यान्वयनको प्रगति प्रतिवेदन सार्वजनिक गरिने र गोपनीयता पूर्णरूपमा सुरक्षित राखेर निष्पक्ष समाधान सुनिश्चित गरिने दावी पनि गर्नुभ्एकाे छ ।

जसमा आफ्नो निर्वाचन क्षेत्रभित्रका नागरिकले समस्या, गुनासो वा सुझावहरू भए गुगल प्रणालीमार्फत पठाउन सक्ने गुरुङले उल्लेख गर्नुभएकाे छ। ‘यहाँ प्राप्त प्रत्येक गुनासोको गम्भीरताका आधारमा प्राथमिकता तोक्दै कुनै पनि भेदभाव नगरी समस्या समाधानका लागि पहल गर्नेछु,’ गुरुङले लेख्नुभएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय