देशमा पश्चिमी वायुको सामान्य प्रभाव

२०८१ माघ २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२६ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  छ। जसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी चार प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।

आज बिहान ५ः४५ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम ४।६ डिग्री सेल्सियस रहेको छ ।  दिउँसो अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियसका बिच रहने  छ ।

बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय