बटुवामा ३७ कृषकलाई दूध अनुदान रकम वितरण

२०८१ माघ २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी

स्याङ्जा, २६ माघ । गल्याङ नगरपालिका–२ का ३७ जना कृषकलाई दुग्ध उत्पादन प्रवर्द्धनका लागि अनुदान रकम प्रदान गरिएको छ। “हाम्रो कृषक, हाम्रो सान” दुधमा अनुदान भने मुल नारासहित बटुवा दुग्ध उत्पादक सहकारी संस्थामार्फत नगरपालिकाले उपलब्ध गराएको रकम वितरण गरिएको हो ।

नगरपालिकाले २०७५ सालदेखि दुग्ध व्यवसाय प्रवर्द्धनका लागि किसानलाई नियमित रूपमा अनुदान वितरण गर्दै आएको छ । यस पटक असार १६ देखि मङ्सिर ३० गतेसम्मको दूध बिक्रीका आधारमा कृषकहरूलाई अनुदान उपलब्ध गराइएको हो ।

उक्त दुग्ध सहकारी संस्थाका अध्यक्ष भीमप्रसाद भण्डारीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । यसै वडाका वडा अध्यक्ष खर्ग बहादुर थापा (अशोक) प्रमुख अतिथि र यसै वडाका वडा सदस्य डोलराज भण्डारीको विशिष्ट अतिथि संस्थाका कोषाध्यक्ष केशव भण्डारी र कार्यक्रम सञ्चालन डिल्लीराम भण्डारी लगायतको उपस्थितिमा उक्त रकम वितरण गरिएको थियो ।

सोही संस्थाका अध्यक्ष भीमप्रसाद भण्डारीले दूध उत्पादनमा थप वृद्धि गराउने बताउनुभयो । नगरपालिकाले यति राम्रो कार्यक्रम ल्याएको छ यसप्रति हामी सचेत भएर दुध अझै उत्पादन गरेर यही बिक्री वितरण गर्न सकिने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो “हामीलाई वडाबाट नगरबाट चाहिने साथ सहयोग पाएका छौं। त्यसैले यस संस्थालाई थप बलियो बनाउने अठोट मिलेको छ।”

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय