नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमा रवि धमला

२०८१ फाल्गुन २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२८ फागुन । नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको प्रथम अधिवेशन सम्पन्न भएको छ । सस्थापक अध्यक्ष नेपलिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको प्रमुख आतिथ्यमा कार्यक्रम सन्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा नेक्स मोडल एजेन्सीका सन्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरीएको छ । उपाध्यक्षमा शुसीला थापा,सचिव डेभिल सिंह राजपुत,कोषाध्यक्ष नितु श्रेष्ठ ,सहसचिव कृष्ण श्रेष्ठ,सहकोषाध्यक्षमा विशाल पासवान चयन गरीएको छ भने सदस्यहरुमा भरत समारी,अमिसा वली,समसाद शाह,छिरिङ सेर्पा र रवि लामा तामाङ निर्विचित हुनु भएका छन ।
प्रमुख अतिथि तथा सस्थापक अध्यक्ष हेमा मानन्धरले सम्पूर्ण कार्यक्रम आयोजकहरुको हकहितको लागि सधै आवाज उठाउदैं सस्थालाई अगाडी बढाउनुका साथै नबनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपालभर विभिन्न कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्नेहरुलाई एकताबद्ध गर्ने र भोलीका दिनमा कार्यक्रम आयोजकहरुको हकहितको लागि आफ्नो काम गर्ने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष रवि धमालाले वताउनु भयो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय