कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न सक्दैन : ज्ञानेन्द्र शाही

२०८१ चैत्र १४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१४ चैत । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नसक्ने बताउनुभएको छ ।

बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शाहीले कुलमानलाई पदबाट हटाउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सडक र सदनबाट आन्दोलन गरिरहेकाले जवाफ नआएसम्म सदन चल्न नसक्ने बताउनुभएको हो । सरकारले गलत गर्ने र जनतालाई जवाफ दिन नसक्ने गलत प्रवृतिले निरंशुकतन्त्र देखिएको उहाले बताउनुभयो । शाहीले देश र जनताको बिषयबस्तुको जवाफ दिनुपर्ने कर्तव्य प्रधानमन्त्रीको भएको जिकिर गर्नुभयो ।

उहाले सरकार संसदप्रति उत्तरदायि हुने भएकाले सदनमा उठेका बिषयमा जवाफ दिनुपर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय