काठमाडौं, १५ चैत । राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ।
एभिन्युज टेलिभिजनका सुरेश रजक पत्रकारको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा शव फेला परेको छ ।
‘जलेको अवस्थामा एक जनाको शव फेला परेको छ ।
एभिन्युज टिभीका एक जना पत्रकारका अनुसार उक्त घरमा एभिन्युजका एक जना पत्रकारले भिडिओ खिच्दै थिए।