एसइईपछि घर फर्कन नसकेका १५२ विद्यार्थीलाई काठमाडौं महानगरले उद्धार

२०८१ चैत्र १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
काठमाडौँ, माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट घर फर्कन समस्या भएका १५२ जना विद्यार्थी तथा शिक्षकलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्‍याएको छ। महानगरपालिकाले परीक्षापछि सवारी साधन अभाव भएका विद्यार्थी तथा शिक्षकलाई उद्धार गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसअनुसार महानगर प्रहरी बलले बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु गरी चारवटा स्थानबाट उद्धार गरी सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय