पूजा खड्का
स्याङ्जा, ३ वैशाख । कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मीमा चार ठाउमा चोरी गर्ने चार जना पक्राउ परेको छन। मंगलबार राति मिर्मी बहुमुखी क्याम्पस,स्केटिङ हाउस,स्कुटर र मोटरसाईकल चोरी गरेकाे आराेपमा चार जना पक्राउ परेको हुन ।
कालीगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मी बस्ने १८ बर्षका एक जना र१६ बर्षीय तिन जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि पौडेलले जानकारी दिनुभयो।
चोरी तथा तोडफोडको क्रममा कालीगण्डकी गाउँपालिका वडा नं ७ मिर्मी बहुमुखी क्याम्पसको दोस्रो तलाको कम्प्युटर कक्ष र कार्यालयको ताल्चा फुटाई उक्त कम्प्युटर कक्ष भित्र रहेको डेल किबोर्ड थान १, माउस थान १ , कम्प्युटर पावर केवल थान १, चोरी भएको साथै २ वटा टेलिफोनको तार ,२ वटा सिलिङ पंखामा समेत क्षति भएको छ। त्यसैगरी सोही स्थान मा बस्ने ज्ञान प्रसाद न्यौपानेले संचालन गरेको स्केटिङ हाउसको ताल्चा फुटाई उक्त हाउस भित्र रहेको स्केटिङ जुत्ता ३ जोर, रीओ जुस १५ वटा, रेड बुल १५ वटा, फ्रुटी १५ वटा र २५० एम एल को कोक र स्प्राईट २२ वटा समेत चोरी गरेको सूचना अधिकारीले पौडेलले बताउनुभयो।
त्यसै गरी नारायण प्रसाद अधिकारीको ग. १ प. ८३९८ नम्बरको स्कुटर र लु. ४७ प. ३४३८ नम्बरको मोटरसाईकल तोडफोड गरेको र सोही स्थान मा बस्ने प्रविन ढकालको ग. १४ प. ५९० नम्बरको मोटरसाईकल घरदेखी अं.२ कि.मि.उत्तर तर्फ आँधी मुहान भन्ने ठाँउमा तोडफोड गरेको अबस्थामा फेला परेको छ ।
अनुसन्धान र खोजतलासको क्रममा जिल्ला स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मी स्थित मिर्मि बहुमुखि क्याम्पस देखि अन्दाजी २०० मिटर तल पश्चिम दिशामा रहेको ओडार भित्र १ बोरा भित्र डेल किबोर्ड, कम्प्युटर पावर केबल थान १, स्केटिङ जुत्ता ३ जोर र रिवो जुस ९ वटा बुधबार बरामद गरेको प्रहरी स्रोत बाट खुल्न गएको छ।