एमाले संसदीय दलको बैठक बस्दै

२०८२ बैशाख १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १३ वैशाख । सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयाे ।

बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ छ । बजेट अधिवेशन हिजोबाट सुरु भएको छ ।

अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताउनुभएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय