स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल

२०८२ बैशाख १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत परवाह नगरी काम गरेको बताएका छन् । नेपाल रिपब्लिक मिडियाले आज यहाँ आयोजना गरेको १६ औँ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसरी लोकतन्त्रबिना स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन त्यसरी नै स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताए ।

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै केही भइरहेको छ भन्ने बाटोमा डोहोर्‍याउन आवश्यक रहेको बताए । उनले भने, ‘पत्रकारिता क्षेत्रको काम भनेको केही भएन मात्र भन्ने होइन, केही भइरहेको छ भन्ने देखाइदिने पनि हो । यसरी काम गर्न सकिन्छ भनेर उदाहरण दिने पनि हो । यो कार्यक्रम त्यसैतर्फ केन्द्रित रहेकामा मलाई खुसी लागेको छ ।’

राष्ट्रपति पौडेलले वर्तमान समयमा लोकप्रियतावाद हाबी भएको भन्दै प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा नहुने धारणा राखे । यसकारण सजग प्रेसले सदैव सही, सत्य सूचना प्रवाह गरेर लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्ने उनको विश्वास थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार