पूजा खड्का
काठमाडौं,१३ वैशाख । संघीय सांसद तथा संविधान सभा सदस्य राजु थापाले सडक सञ्जालको विस्तार भयो भने उत्पादन गरिएका उत्पादित वस्तुले बजार पाउन सहजीकरण हुने बताउनुभयो। उहाले,”जन्मभूमिलाई माया गरौ स्याङ्जालीहरु बिच भाइचारा अभिवृद्धि गरौ ” भन्ने भाब सहित स्याङ्जा पत्रकार समाज केन्द्रीय समिति द्वारा आयोजित नया वर्षको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा अनुपम फूड ल्यान्ड बत्तिसपुतली काठमाडौंमा शनिबार बोल्दै विकासको लागि मेरुदण्ड नै सडक सञ्जाल रहेको बताउनुभएको हो।
उहाले सडक सञ्जालको विकासले एक ठाउँमा उत्पादन भएको उत्पादित वस्तु अन्यत्र क्षेत्रमा बिक्री वितरण गर्न सहज भएको उल्लेख गर्नुभयो। त्यसै गरी उहाले सडकको विस्तार सँगै उत्पादनमा सहजीकरण हुने र उत्पादनमा वृद्धि गर्न कृषकलाई पनि उत्साह हुने बताउनुभयो। उहाले विकासको मेरुदण्ड नै सडक सञ्जाल भएको हुँदा सडक सञ्जाल विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। सांसद थापाले कृषि व्यापार शिक्षा स्वास्थ्य लगायत पर्यटकीय सम्भावना बढाउन जोश जागर सहित सडकको उत्तिकै महत्त्व हुने बताउनुभयो। उहाले सिद्धार्थ राजमार्गको स्तरोन्नति गरे सँगै धार्मिक पर्यटकिय हिसाब मा स्याङ्जा जिल्लामा पर्यटकिय सम्भावना बढ्ने जिकिर गर्नुभयो। । उहाले नेपाल कै पहिलो नवग्रह मन्दिर अर्जुन चौपारी मा बनेसँगै पर्यटकको संख्यामा वृद्धि भएको उल्लेख गर्दै सिद्दार्थ राजमार्गको स्तरोन्नति सँगै प्रसस्त सम्भावना थप्ने बताउनुभयो। उहाले लुम्बिनी प्रदेश र गण्डकी प्रदेश को सिमाना मा रहेको राम्दी मा धार्मिक कुण्ड निर्माण गर्दा पर्यटकिय सम्भावना बढ्ने बताउनुभयो। त्यसै गरी स्याङ्जाको ज्याग्दी करिडोर पर्वत संघ जोडिएको सडक देखि भित्री विविध सडक स्तरोन्नति ले विकासमा सहजीकरण हुने बताउँदै पर्यटकिय सम्भावना बढाउन र उत्पादित वस्तु बजारीकरण गर्न सहज हुने बताउनुभयो।
उहाले स्याङ्जामा पर्यटकिय सम्भावना बढाउन विविध ठाउँ भएको उल्लेख गर्दै यसको विस्तारको लागि प्रचार प्रसार सँगै सडक सञ्जाल जोड्न आवश्यक रहेको र जनप्रतिनिधिको हैसियतले आफ्नो विवेक र बुद्धिले पुगे सम्म पहल गर्ने बताउँदै नया वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो। त्यसै गरी उहाले देशको चौथो अंगको रुपमा रहेको पत्रकारिताका माध्यमबाट आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै विकास मा जोडिन पनि सुझाब गर्नुभएको थियो। त्यसै गरी उहाले जिल्लाको विकासलाई दलिय हिसाब मा नहेरिकन राजनैतिक पार्टी बीच एक्यवद्धता गर्दै अघि बढ्नुपर्ने आफ्नो धारणा राख्दै जिल्लाको विकासको लागि जिल्ला बाहिर बस्ने हरु सबै जना ले पहल गर्नुपर्ने विषय मा जोड दिनुभएको थियो।
उहाले सडकमा भएको शिक्षक चिकित्सक र निजामती कर्मचारीको विषयलाई उल्लेख गर्दै शिक्षा एन अव शिक्षाको माग मात्र नभएर सांसदको लडाईको विषय रहेको उल्लेख गर्नुभयो। राज्यको आर्थिक अवस्थामा पनि जोडिने विषय भएको उल्लेख गर्दै शिक्षा एन आउनुपर्छ भन्ने विषय संसद संवेदनशील रहेको बताउनुभयो। यसको लागि हचुवाको भरमा नहुने उल्लेख गर्दै विधि र प्रक्रिया सहित अघि बढ्ने बताउनुभयो । उहाले दुई दल को गठबंधन सहित बलियो सरकार भएको हुँदा अस्थिरता लाई स्थिरता तर्फ लैजान विश्वसनिय रुपमा अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो।