काठमाडौ, २ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले आकाशे पानीको भरमा मात्रै कृषि प्रधान देश हुन नसक्ने बताउनु भएको छ ।
शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिदै पुर्व मन्त्री गुरुङले नेपालको कृषि प्रणाली आकाशे पानीको भरमा मात्रै निर्भर गर्न नहुने बताउनुभयो । कृषि योग्य जमिनलाई सिंचाइको व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो , “कृषि प्रधान देश भनिएपनी अहिलेसम्म कृषि क्षेत्रमा पुर्ण सिंचाइको व्यवस्थापन गर्न सकिएको छैन । अब खेतीयोग्य जमिनलाई सिंचाइको व्यवस्था मिलाउनुपर्छ ।”