बाढीले क्षती पुर्याएको ११ महिनासम्म बनेन झलुङ्गे पूल

२०८२ जेष्ठ ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा, ६ जेठ ।  गल्याङ नगरपालिका ९ बेल्चौर साँखरमा अवस्थित झलुङ्गे पूल बाढीले क्षती पुर्याएको ११ महिनासम्म पनि मर्मत हुन सकेको छैन । स्याङ्जा र पाल्पा दुई जिल्ला जोडने झलुङ्गे पूल गत असार ६ गते कालीगण्डकीमा आएको बाढीले उक्त पुलको लठ्ठा चुडाएपछी पुल कमजोर बनेको हो ।

पुलको लठ्ठा चुडिएकाले पुल एकातर्फवाट ढल्किएको छ । दैनिक रुपमा साखर माझी बस्तिका १७ घरका १९ विद्यार्थीहरु विद्यालय जानका लागी सो पुल तर्नुपर्ने बाध्यता छ । बाढीले पुलको लठ्ठा चुडाएपछी आवत जावत गर्दा कतै लडीने पो होकी भन्ने चिन्ता बढेको छ ।

पुल जिर्ण भएपछि यहाँका नागरिक जोखिम मोलेर पुलमा यात्रा गर्न बाध्य भएका छन । वारी पारी गर्ने एउटै झलुङ्गे पुल त्यहिपनी कमजोर बनेपछी स्थानीयलाई निकै समस्या सिर्जना भएको हो ।

२०६१ सालमा हेलभेटाज नेपाल् स्विस अन्तर्राष्ट्रिय सहयोग तथा सस्पेन्सन ब्रीज डिभिजन जिल्ला विकास समिति पाल्पाको सहयोगमा गिता कन्ट्रक्सनले पुलको निमार्ण गरेको थियो । निमार्ण पछि लामो समय सम्म पुलको मर्मत नहुँदा र पछिल्लो समय बाढीले पुलको लठ्ठा चुडाउदा दुई जिल्ला बिच आवत जावत तथा सामान ओसार पसारका लागी समस्या भएको स्थानीय सन्त बहादुर माझिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय