पूजा खड्का
स्याङ्जा, ११ जेठ । फेदीखोला गाउँपालिका वडा नम्बर १ रामकोटबाट ध्वनि प्रदुषण गरी चलाएको मोटरसाइकल प्रहरीले नियंत्रणमा लिएको छ।
शनिबार फेदीखोला गाउँपालिकाबाट ठूलो आवाजमा ध्वनि प्रदुषण गर्दै चलाइरहेको अवस्थामा प्रहरी ले नियंत्रण मा लिएको हाे ।
स्याङ्जा का विभिन्न स्थानमा स्वरुप परिवर्तन गरी चर्को आवाजमा ध्वनि निकाल्दै बा ६८ प ३०७९ नम्बरको क्रस फायर २५० मोटरसाइकल चलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।
उक्त मोटरसाइकललाई आबश्यक कारबाहीका लागि पूर्वाधार विकास कार्यालय यातायात शाखा स्याङ्जामा पठाइएकाे छ।