भारतीय आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृदि

२०७८ फाल्गुन ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,५ फागुन। भारतीय आयल निगम(आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य थप बढाएर पठाएको छ।

विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेको भन्दै आईओसीले नयाँ मूल्य अनुसार नेपाललाई मूल्य बढाएर नयाँ सूची पठाएको नेपाल आयल निगमले जनाएको छ। नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले बुधबार नयाँ मूल्य सूची पठाएको हो।आईओसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५ रूपैयाँ ६१ पैसा, डिजेल ५ रूपैयाँ ६२ पैसा र हवाई इन्धनमा ४ रूपैयाँ ९५ ले बढेर आएको छ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ। निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ। आईओसीबाट मूल्य बढेर आएको भए पनि तत्काल नेपालमा मूल्य बढ्नेरनबढ्ने खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय