एमालेले कांग्रेसको मुटु र कोर भ्यालुमा आक्रमण गर्दा हामी लाछी भयौँ : कांग्रेस नेता कोइराला

२०८२ श्रावण ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, ६ साउन । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले निजामती विधेयकको कुलिङ अफ पिरियडमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गरेको आरोप लगाउनुभएको छ  ।

बीपी स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा नेता डा। कोइरालाले कांग्रेसका कोर भ्यालुमाथि कम्युनिस्ट एमालेले आक्रमण गर्दा कांग्रेस नेतृत्व बोल्न नसकेको बताउनुभयो ।

उहाले भन्नुभयो ( हामी सरकारमा छौँ, गठबन्धन नगरी उपाय छैन ठिकै छ । तर कांग्रेसको कोर भ्यालुमा एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ । हामी बोल्यौँ कुलिङ अफ पिरियडमा रु अहिले पनि हामीले भन्न सक्नुपर्छ,सभापतिले प्रधानमन्त्रीलाई राखेर यो स्वीकार्य हुन्न,फटाफट गर्नुस् भन्नुपर्छ । गल्ती हाम्रो पनि भएको छ, हामीले किन हेरेनौँ रु राज्य व्यवस्थाको सभापतिले किन हेरेन रु अहिले राष्ट्रिय सभामा एमालेका सांसदले के लेखेका छन् रु कांग्रेसको मुटुमा,कोर भ्यालुजमा एमालेले अट्याक गर्दा हामी चुपचाप लागेर बसेका छौँ,हामी कांग्रेसहरु लाछी भएका छौँ । बीपी भएको भए यो कुरा स्वीकार गरेर बस्नुहुने थिएन ।

डा। कोइरालाले सभापति शेरबहादुर देउवाले बजेटमा उल्लेखित टेक एण्ड पे हटाउन पहल गरेजस्तै कुलिङ अफ पिरियडका विषयमा पनि अडान लिनुपर्ने कोइरालाले बताउनुभयो ।

कोइरालाले एमालेको कास्की जिल्ला कमिटीले भूमिमन्त्रीको राजीनामा माग्दा कांग्रेस भने लाचार बनेको टिप्पणी  गर्नुभयो  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय